टी–२० विश्वकप : आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै


काठमाडौं– आईसीसी टी–२० विश्वकपमा आज(राति) सोमबार श्रीलंकाले दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

उक्त खेल अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ ।

विश्वकपको नवौँ संस्करण दुई टेस्ट राष्ट्र आपसमा भिड्न लागेको यो पहिलो पटक हो । श्रीलंकाले हालसम्म एकपटक टी–२० विश्वकपको उपाधि जितेको छ भने दक्षिण अफ्रिकाले उपाधि चुम्न सकेको छैन ।

प्रतिक्रिया