ओडिशामा गर्मीका कारण ७२ घण्टामा ९९ जनाको मृत्यु


नयाँ दिल्ली- भारतमा गर्मीका कारण दिनहुँ दर्जनौँको ज्यान गइरहेको छ ।  ओडिशामा गएको ७२ घण्टामा गर्मीका कारण ९९ जनाको मृत्यु भएको छ । यीमध्ये २२ जनाको मृत्यु लूले गर्दा भएको पुष्टि गरिएको छ ।

यस वर्ष गर्मी सुरु भएयता राज्यमा १४१ जनाको मृत्यु लुले गर्दा भएको बताइएको छ । भारतीय मौसम विभागका अनुसार जुन २ मा राज्यका कयौँ स्थानमा तपामान ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।

आगामी तीन दिनमा भने लू कम हुने अनुमान गरिएकोले मृत्युका मामिलाहरू कम हुने आशा गरिएको छ ।

प्रतिक्रिया