पिच भइरहेको न्युरोडमा तनाव


काठमाडौं- काठमाडौं न्यूरोडस्थित महानगरले फुटपाथ बनाउन भत्काएको बाटामो सडक विभागले पिच बनाउन थालेपछि त्यहाँ तनाव भएको छ ।

महानगर प्रहरी आएर पिचको काम रोक्न खोजेपछि तनाव बढेको हो । नगर प्रहरीले हस्तक्षेप गर्न खोजेपछि स्थानीयले नाराबाजी गरेका छन् ।

सडक विभागका कर्मचारी, नगर प्रहरी, बालेनका समर्थक र स्थानीयवासीहरु जम्मा भएर विवाद गरिरहेका छन् ।

अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।

प्रतिक्रिया