यी हुन् सभामुख सापकोटाको अनुपस्थितिमा संसद्को अध्यक्षता गर्ने सांसद


काठमाडौं – प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।

सभामुखका अनुपस्थितिमा डा. डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको जनाइएको छ ।

प्रतिक्रिया