मनाङ घुम्न आएका युवक चार दिनदेखि सम्पर्कविहीन, ड्रोनबाट खोजिँदै


मनाङ–मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् ।

ललितपुर नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट हराएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

उनी हराएपछि सँगै रहेका अन्य तीन जनाले खोजीका लागि प्रहरीलाई खबर गरेका थिए। स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ ।

ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको प्रजिअ लामिछानेले बताए ।

प्रतिक्रिया