

‘जे हुनु भयो चुनावमा जाऔं’ ५ पुसको यहि संवाद हो अन्तिम, ओली–प्रचण्ड फोनवार्ता झूठो

काठमाडौं– ५ पुसमा राष्ट्रपति कार्यालयमा प्रतिनिधि सभा विघटनको मन्त्रिपरिषदको सिफारिस बुझाएर फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पुगेका प्रचण्डलाई भनेका थिए– जे हुनु भयो अब चुनावमा जाऔं।
प्रचण्डको जवाफ थियो– यत्रो ठूलो निर्णय पार्टीमा एक पटक सल्लाह नगरीकन कसरी लिनुभयो? अझ चुनावमा जाऔं भन्नुहुन्छ? ओली मौन रहे।
यसपछि भने ओली–प्रचण्डबीच संवाद भएको छैन भने सोमबार चलाइएको फोन वार्ताको समाचार पनि झूठो रहेको बताइएको छ। प्रचण्डको सचिवालय स्रोतले यस्तो कुनै संवाद नभएको जनाएको छ।
प्रतिनिधि सभा विघटनपछि तत्कालिन नेकपामा प्रचण्ड खेमा ओलीको निर्णयविरुद्ध सडकमा उत्रिएको थियो। प्रतिनिधि सभा पुनर्स्थापना यता पनि कुनै संवाद नभएको प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले जनाएको छ।
‘फोन नै भएको भन्ने कुराको कुनै आचित्य र तथ्य छैन। बरु, तिक्तता भए पनि बेलामौका माधवकुमार नेपालसँग सोमबार कुराकानी, बैठक नै भयो सबैले देखेका छन्’, उच्च स्रोतले भन्यो।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरी संवादहिनता तोडौं, कुरा गरौं न भन्ने समाचार सर्वत्र आएको थियो।

