वडाअध्यक्षकाे फेसबुक ह्‍याक गरेर म्यासेन्जरबाट पैसा माग्ने पक्राउ


तनहुँ- अनलाईनमार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले म्याग्दे गाउँपालिका-४ का वडाअध्यक्षको फेसबुक ह्‍याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जरमार्फत केही रकमको आवश्यकता परेको भन्दै पटकपटक गरी जम्मा १ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरी परेकाे थियाे ।

साेही उजुरीकाे  आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा बुढाथोकीलाई  सर्लाही बागमती नगरपालिका-१ बाट पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया