फेरि पाएनन् सन्दीपले अमेरिकाको भिषा


काठमाडौं — क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिषा फेरि पाएनन् । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका लामिछानेको भिसा फेरि रिजेक्ट भएका जनाइएको छ ।

टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन दोस्रोपटक अस्वीकार भएको हो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।

भिषाको लागि प्रयास गरिरहेका सन्दीपले पछिल्लो समय निरन्तर अभ्यास गरिरहेका थिए ।

 

प्रतिक्रिया