

२३ लाख रुपैयाँ बराबरको काजु र किसमिस बरामद

धनुषा- सशस्त्र प्रहरी धनुषाले २३ लाख रुपैयाँ मूल्य बराबरको काजु तथा किसमिस नियन्त्रणमा लिको छ ।
गएराति भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको २३ लाख मूल्य बराबरको काजु र किसमिस जनककपुरधाम उपमहानगरपालिका–१ स्थित सीता चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
२१ क्विन्टल काजु तथा पाँच क्विन्टल ४० किलो किसमिस लोड गरिएको ट्रकसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
नियन्त्रणमा लिइएको सो काजु तथा किसमिस बजार मूल्यअनुसार २३ लाख मूल्य बराबरको रहेको छ ।
उक्त टोलीले काजु र किसमिससहित मधेश प्रदेश ०४–००१ ख नम्बरको ट्रकसमेत नियन्त्रणमा लिएको थियो । बरामद गरिएको ट्रकसहित उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

