आज सुनको मूल्य बढ्यो


काठमाडाैं- स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेको हो ।

आइतबार प्रतितोला एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ३७ हजार दुई सय कायम भएको छ ।

साथै तेजावी सुनको मूल्य प्रतितोलामा तीन सयले बढेर एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला २५ ले बढेर एक हजार आठ सय ८० कायम भएको छ ।

प्रतिक्रिया