दार्चुलामा खोला तर्ने क्रममा काकी र भतिजा बेपत्ता


दार्चुला- दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुईजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । दुवैजना नातामा काकी भतिजा पर्छन् ।

अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवै जनालाई बगाएको मार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महताले जानकारी दिए ।

बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घटनास्थलमा खटिएको छ ।

प्रतिक्रिया