नेपालका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने सिटामोल समेत छैन


काठमाडाैं- स्वास्थ्य नीति, २०७६ अनुसार सरकारले नागरिकका लागि अत्यावश्यक औषधी निःशुल्क उपलब्ध गराउने उल्लेख छ । नेपाल सरकारलेआधारभूत स्वास्थ्य सेवा अन्तर्गतत ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने भनेको छ ।

तर, नेपालका कतिपय स्वास्थ्य संस्थामा ती औषधीको मोज्दात शुन्य रहेको पाइएको छ । आइतबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार २६४ संस्थामा सिटामोल, ३५३ संस्थामा अलबेण्डाजोल, ७१६ संस्थामा भिटामिन ए क्याप्सुल, ७२१ संस्थामा एमोक्सोलिन, ५३४ संस्थामा नाभी मलम र ३८० संस्थामा जीवनजलको मौज्दात शुन्य रहेको पाइएको छ ।

स्वास्थ्य संस्थामा अत्यावश्यक औषधीसमेत नहूँदा निःशुल्क औषधी वितरण सम्बन्धी सरकारको नीति प्रभावकारी कार्यान्वयन नभएको महालेखाले जनाएको छ ।

प्रतिक्रिया