स्कार्पियोमा २५० किलो गाँजा, तीन जना पक्राउ


धनुषा- जनकपुर उपमहानगरपालिका-१३ पिराडी चोकबाट करिब २ सय ५० किलो लागुऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् । सर्लाही हरिवन नगरपालिका-८ स्कुल टोल बस्ने ३० वर्षीय नेत्रबहादुर श्रेष्ठसहित ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बा.प्र०१-०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया