खराब माैसमका यसरी हुँदैछ काठमाडौंको आकाशमा जहाज होल्ड !


काठमाडौं – भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी कम भएपछि अधिकांश उडानहरू प्रभावित बनेका छन् ।

काठमाडौंमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित बनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ ।

अहिले नेपाली आकासमा स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन् ।

आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ ।

 

प्रतिक्रिया