तनहुँमा भारतीय नम्‍बर प्लेटको कार दुर्घटना, ५ जना घाइते


तनहुँ- तनहुँमा भारतीय नम्‍बर प्लेटको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

आइतबार बिहान आँबुखैरेनी गाउँपालिका- १ सत्रसय स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको कार दुर्घटनामा परेको हो ।

बिआर ०६ डिएच ८२८१ नम्बरको कार अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

दुर्घटनामा भारतकाे विहार मजसापुर थानाकोटी बस्ने २३ वर्षीय सचेन्द्र कुमार,  सोही ठाउँका २३ वर्षीय आनन्द कुमार, ३० वर्षीय राजेश कुमार, २५ वर्षीय सुमित कुमार र २४ वर्षीय राज कुमार घाइते भएका छन्र । उनीहरूहरूकाे उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया