भारतको राजकोटमा आगलागी हुँदा २७ जनाको मृत्यु


एजेन्सी- भारतको राजकोटस्थित टिआरपी गेम जोनमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ ।  शनिबार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुगेको हो ।

‘आगलागीमा मृत्यु हुनेहरुको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ । शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बिबिसीले लेखेको छ ।

सहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको संख्यामा दमकल परिचालन गरिएको थियो । अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।

त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया