अहिलेसम्म चारधाम यात्रामा ५२ जनाको मृत्यु, हृदयघातका कारण केदारनाथमा सबैभन्दा धेरै ज्यान गए


उत्तरखन्ड – बद्रीनाथ धामको दर्शन गर्न आएका केरलाका एक भक्तको बिहीबार हृदयघातका कारण मृत्यु भएको छ । परिवारका सदस्यले विष्णुप्रयागमै अन्तिम संस्कार गरेका थिए । हालसम्म बद्रीनाथ धामको दर्शन गर्न आएका आठ भक्तजनको हृदयघातका कारण मृत्यु भएको छ ।

यस्तै हालसम्म चारधाम यात्रामा  ५२ जनाको मृत्यु भइसकेको छ । जसमध्ये बद्रीनाथमा १४, केदारनाथमा २३, गंगोत्रीमा ३ र यमुनोत्रीमा १२ भक्तजनले ज्यान गुमाएका छन् ।

विगत १० वर्षमा केदारनाथमा ३५० तीर्थयात्रीको मृत्यु भएको छ ।  जसको मुख्य कारण छाती दुख्ने, बेचैनी र हृदयाघात भएकाे बताइएकाे छ ।

मे १० मा भारतले चारधाम यात्रा खुला गरेको थियो । यात्रा खुलाएपछि तीर्थयात्रीहरूको संख्या धेरै पुगेकाले  केही दिनअघि मात्रै उत्तराखण्ड प्रदेशले चारधाम यात्राका लागि यो महिनाको अन्त्यसम्मका लागि नाम दर्ता बन्द गरेको थियो ।

प्रतिक्रिया