सगरमाथाको चुचुरोमा सशस्त्रको झण्डा फहराउने इन्स्पेक्टरलाई आइजीपीले स्वागत गर्ने


काठमाडाैं- सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रहरी निरीक्षक (इन्स्पेक्टर)  सुरज पौडेललाई सशस्त्र प्रहरी बलले भव्य स्वागत गर्ने भएको छ । सशस्त्रका इन्स्पेक्टर सुरज पौडेलले सोमबार बिहान १०ः२० बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

त्यहाँ पुगेर फर्किएका उनीलाई आइजीपी राजु अर्यालले आधार शिविरमै पुगेर स्वागत गर्न लागेका हुन् । मौसमले साथ दिए आज आइजीसहितको टोली हेलिकोप्टर लिएर सगरमाथाको बेसक्याम्प जाने तयारी रहेको सशस्त्रले जनाएको छ ।

२०६७ सालमा खुला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा प्रवेश गरेका पौडेल स्याङ्जाका स्थायीवासी हुन् ।  सीमा सुरक्षाको जिम्मेवारीमा रहेको उनी सशस्त्र प्रहरीबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलोव्यक्ति हुन् ।

प्रतिक्रिया