राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त


काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव हेमराज खरेलले जानकारी दिए ।

खनाल चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् । खनाल खुला प्रतिस्पर्धाबाट बैंकको सीईओमा नियुक्त भएका हुन् ।

२०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् ।

प्रतिक्रिया