कैलालीमा नल्कामा पानी पिउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


कैलाली- कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका उनकाे सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गौतम सोही उद्योगमा काम गर्दै आएका थिए ।

 

प्रतिक्रिया