दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


दाङ– दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।   रोल्पाकाे गंगादेब गाउँपालिका–६ ताप्ला बजार बस्ने बर्ष ५४ को बिरबहादुर खड्काकाे मृत्यु भएकाे हाे ।

बुधबार दिउँसो लमही नगरपालिका–१ नर्ती चोकमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा ३ प ८२४५ नम्बरको मोटर साइकल एक आपसमा ठोक्किएका थिए।

लुम्बिनी ए ए ८७०० नम्बरको मोटरसाइकल चालक रुपन्देही गैडहवा गाउँपालेका ९७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ । यस्तै रा ३ प ८२४५ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने वर्ष ५७ का कमानसिंह खत्रीपनि घाइते भएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले बताए ।

प्रतिक्रिया