सिरोहियामाथि अनुसन्धानका लागि ५ दिन म्याद मागियाे


जनकपुरधाम – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिनको म्याद म्याद थप्न जिल्ला सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियालाई बयान लिएर अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसग माग गरिएको बताएका छन् ।

हिजाे नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

अदालतबाट उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो । म्याद थपको सिफारिसपछि पुनः अदालत पुर्‍याइएको छ ‌।

प्रतिक्रिया