सिरोहियाको पक्राउपछि अमेरिकी दूताबासको विज्ञप्ति


काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको भोलिपल्ट प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै एक विज्ञप्ति जारी गरेको छ ।

दूताबासद्वारा जारी उक्त विज्ञप्तिमा प्रेस स्वतन्त्रता र जनताको मौलिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार लाग्नेछ भन्ने आशा गरेको उल्लेख गरिएकोले सिरोहियाकै पक्राउप्रति लक्षित गरिएको छ ।

दूतावासले विज्ञप्तिमार्फत् सांकेतिकरूपमा सिरोहियाको पक्राउप्रति असन्तुष्टि समेत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शीता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन संघर्षपश्चात प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’

Blue background graphic with the U.S. Embassy Kathmandu seal that reads as follows: Freedom of press, accountability, and transparency are guiding principles for the United States as we continue to work towards “a more perfect union.” We expect that as Nepal continues to shape its hard-won democracy, the Government and people of Nepal will also have a meaningful dialogue about how to ensure good governance, freedom of the press, and people’s fundamental rights. “अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।

प्रतिक्रिया