डाक्टरमाथि हातपात भएपछि मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित
विराटनगर- मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । चिकित्सकमाथि हातपात गर्नेलाई कारबाहीको माग स्वास्थ्यकर्मीले गर्दै उनीहरूले ओपीडी बन्द गरेका छन् । उनीहरूले शान्ति सुरक्षाका लागि अस्पतालमा प्रहरी बिट राख्न पनि माग गरेका छन् ।
गत ३ जेठमा मेडिकल अधिकृत डाक्टर ब्रोमिस बुढाथोकी र ७ जेठमा डाक्टर अनिलकुमार यादवमाथि अस्पतालभित्र हातपात भएको थियो । त्यसको विरोधमा मंगलबार स्वास्थ्यकर्मी र कर्मचारीले एक घण्टा ओपीडी बन्द गरी कालोपट्टी बाँधेर काम गरेका थिए ।
तर पनि घटनामा संलग्नमाथि कारबाही नभएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारीलेहरुले माग पूरा नभएसम्म आजदेखि अनिश्चितकालीन ओेपीडी सेवा बन्द गरेका छन् ।