
मोरङ कारागारका कैदीको मृत्यु
विराटनगर — मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको जनाइएको छ ।
खाना खाएर बसेका बेला मंगलबार बिहान ११ः४५ बजेतिर अचानक बेहोस भएका थापालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०८० फागुन १० गते दोषी ठहर गरेको हो । अदालतले उनलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो ।



कागजपत्र |
