
वन मन्त्री नवलकिशोरसँग छ १२ बोरको राइफल
काठमाडाैं- सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीसँग १२ बोरको राइफल बन्दुक रहेकाे छ ।
यस्तै उनले श्रीमती सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी रहेको विवरणमा उल्लेख गरेका छन् । ती सुन विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरूप प्राप्त भएको जनाएको छ।
उनले छोरासँग ३५ तोला सुन, तीन जना बुहारीहरूमध्ये माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मंजु साहसँग २८ तोला सुन रहेकाे उल्लेख गरेका छन् । उनले विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद रहेकाे पनि जानकारी दिएका छन् ।
Skip to PDF contentSkip to PDF content


कागजपत्र |
