आज सुनको मूल्य घट्यो


काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  एक हजार दुई सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा  एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि  एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा  ५५ ले घटेको छ । सोमबार प्रतितोला  एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ८५ छ ।

प्रतिक्रिया