सडक आन्दोलनको तयारीमा कांग्रेस, केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बोलाइयो


काठमाडौं — नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । जेठ ९  गते बिहान ११ गते पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति र दलको संयुक्त बैठक बोलाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ ।

सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा अवरोध गरी रहेका कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बुझिएको छ ।

नेताहरूका अनुसार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ ।

आज दिउँसो बसेको विपक्ष दलको बैठकले पनि सहकारी ठगीको मुद्दामा संसद्सँगै सडकमा पनि मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो ।

May be an image of ticket stub and text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल नवानी শમાম कार्यारकस जेठ जेठ७,२०5१ ও, ನಂದ केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सम्बन्दमा। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र नेपाली कांग्रेस संसदीय दलको संयुक्त बैठक २०5१ जेठ ९ गते बुधवारका दिन विहान 99:00 बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी.नगर, ललितपुरमा वस्ने भएको हुंदा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ। प्रस्ताव: समसामयिक राजनीतिक सन्दर्म। လမ หนไร่อ कृष्णप्रसाद पौडेल मुख्य सचिव टेैलिफोन: (९७৩-৭) 보장드로산독구 보망드콩구도아 보만드곡구토, फृयाक्स (ೀಲ-ಜ ४२१६३२६६ E-mail: mail:info@nepalicongress.org, Internet Access: www.nepalicongress.org'

प्रतिक्रिया