इन्जिनमा आगो लागेपछि एयर इन्डियाको विमानको आपतकालीन अवतरण


काठमाडौं- इन्जिनमा आगो लागेपछि एयर इन्डियाको विमानको आपतकालीन अवतरण भएको छ ।

बैङ्गलुरुबाट कोची उड्न लागेको विमानको एक इन्जिनमा आगो लागेपछि शनिबार राति ११:१२ बजे आकस्मिक अवतरण भएको थियो ।

बैङ्गलुरुको केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा फुल-स्केल आपतकाल घोषणा गरि विमानको सकुशल अवतरण गराइएको थियो ।  विमानमा १७९ यात्रु र ६ पाइलट दलका सदस्य रहेको जनाइएको छ ।

अवतरण गर्ने बित्तिकै आगलागी नियन्त्रणमा लिएर विमानमा सवार सबैको उद्धार गरिएको थियो ।

प्रतिक्रिया