सन्दीपको मुद्दाको बहस जारी, अदालतबाहिर कडाइ


काठमाडाैं- जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंले सुनाएको फैसलाविरुद्ध सन्दीप लामिछानेले दिएको पुनरावेदनमा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा जाहेरवालातर्फको बहस सकिएको छ ।

अब लामिछाने पक्षका कानुन व्यवसायीहरू सविता भण्डारी र सरोजकृष्ण घिमिरेले जवाफी बहस गर्न बाँकी छ । उनीहरूलाई ५० मिनेटको समय दिइएको छ । मुद्दामा आजै फैसला आउने लगभग निश्चित भएको छ ।

भित्र बहस जारी रहँदा बाहिर समर्थकहरू भने सन्दीपको पक्षमा नारा लगाइरहेका छन् । सन्दीपका समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  उच्च अदालत परिसरमा अहिले मिडियालाई समेत प्रवेश गर्न दिइएको छैन ।

प्रतिक्रिया