घरेलु कामदारका रुपमा कुवेत पठाइ बन्धक बनाउने २ जना पक्राउ


काठमाडौं काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिषामा कुवेत लगेर काम लगाइदिन्छु भनी ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

कार्यालयबाट खटिएको टोलीले बेरोजगार महिलाहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई लगी त्यहाँ पुगेपछि प्रलोभनमा पारेर कुवेत पुर्योई प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भनी विश्वास दिलाई  कुवेत पुर्यादएपछि घरेलु काममा लगाउनुको साथै निजलाई शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको आरोपमा जिल्ला दैलेख नारायण नगरपालिका वडा नं. ९ स्थायी घर भई हाल तारकेश्वर बस्ने राकेश सुनार भन्ने गोपाल सुनार र गोरखाका आयुष भनिने आकाश बाबु विकलाई पक्राउ गरेको हो ।

उनीहरुलाई अनुसन्धान तथा थप कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल पठाइएको पनि कार्यालयले जनाएको छ ।

उनीहरुले सरकारबाट घरेलु कामदारमा निषेधित गरेको क्षेत्रमा इजाजत बेगरअभियुक्तले आफ्नो नाम ढाटी ठुलो संख्यामा महिला पठाउने गरेको र महिलालाई संयुक्त ईमिरेट दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने  भनी लगेर कुवेत पुर्यायई घरेलु कामदारको रुपमा काम लगाएको र शारीरिक तथा मानसिक यातना दिएको समेत खुलेको छ ।

त्यस्तै पीडितले घरमा काम गर्न नसकेपछि स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको र १ लाख ५० हजार रूपैयाँ मागेको र बढी गरे त्यही मारी दिने धम्की दिएकोमा पिडितले आफन्तलाई खबर गरेपछि अनुसन्धान गरी पक्राउ गरिएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया