कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु


कैलाली- कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका-१ बस्ने लालबहादुर बोहराका छोरा अन्दाजी ९ वर्षका युवराज बोहरा रहेका छन् ।

प्रहरीका अनुसार हिजो गौरीगंगा-१ गोप्कास्थित बाँकेको नेपालगंज उपमहानगरपालिका-७ बस्ने २६ वर्षीय शैलेन्द्र श्रेष्ठले चलाएको बा प्र ०२-०२८ प ४४६० नम्बरको मोटरसाइकलले पैदलयात्री लालबहादुरका छोरा युवराजलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकल र चालकलाचई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया