‘सहकारी ठगी’ र ‘गिरीबन्धु टी स्टेट भ्रष्टाचार’विरुद्ध सडकमा आयो नेविसंघ


काठमाडौं-  नेपाली कांंग्रेस नेकट विद्यार्थी संगठन (नेविसं)ले ‘सहकारी ठगी प्रकरण’ र ‘गिरीबन्धु टी स्टेट नीतिगत भ्रष्टाचार’विरुद्ध खबरदारी र्‍याली गरेको छ । नेविसं त्रिचन्द्र बहुमुखी क्याम्पसले बुधबार बिहान खबरदारी र्‍याली गरेको हो ।

कांग्रेसले लाखौँ नेपाली नागरिक पीडित बनेको सहकारी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई दबाब दिइरहँदा नीतिगत भ्रष्टाचारमा संलग्न तत्कालीन केपी शर्मा ओली सरकारलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइरहेको छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने पनि मुछिएको भन्दै उनीमाथि छानबिन गर्न पनि संसदीय छानबिन समिति बनाउनै पर्ने कांग्रेसको माग छ । साेही विषयमा नेविसंघले सडकमा विरोधका कार्यक्रम गरिरहेका छ ।

प्रतिक्रिया