सुदूरपश्चिम मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने


कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भोलि (बिहीबार) विश्वासको मत लिने भएका छन् ।

विश्वासको मतका लागि २१ गते र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ । उक्त दिन विश्वासको मत दिने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

‘हामी भोलि विश्वासको मत दिन्छौँ ’ उनले भने, ‘आज त्यस विषयमा संसदीय दलका बैठक बस्छ । भोलि विश्वासको मत लिने निर्णय हुन्छ ।’

वैशाख ६ गते एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया