सहकारी पीडितको पक्षमा र्‍याली गर्दै तरुण दल


काठमाडौं — संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सहकारीपीडितका पक्षमा बृहत् र्‍याली गर्ने भएको छ।

सोमबार बसेको तरुण दलको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।

राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा दलको अध्यक्ष विद्वान गुरुङको सभापतित्वमा बसेको बैठकले बुधबार माइतीघर मण्डलामा बृहत् र्‍यालीको कार्यक्रम गर्ने निर्णय गरेको तरुण दलले जनाएको छ।

सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगको विरुद्धमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बृहत् र्‍याली आयोजना हुने तरुण दलले जनाएको छ।

प्रतिक्रिया