ब्राजिलमा एकै दिनमा ७६ हजार जनामा कोरोना संक्रमण पुष्टि, ९९७ जनाको मृत्यु


साओ पाउलो – ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन् ।

त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९९७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा अहिलेसम्म कुल एक करोड १४ लाख ३९ हजार ५५८ जना सङ्क्रमित भएका छन् भने दुई लाख ७७ हजार १०२ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४३४ जनाको मृत्यु भएको छ ।

सेवा क्षमता कम भएको र कतिपय अवस्थामा अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यसैबीच, ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । उनले शनिबार पहिलो खोप लगाएका हुन् ।

‘कोरोना भाइरसबाट जोगिनका लागि सबै मानिसले खोप लगाउनु पर्छ,’ खोप लगाएपछि पत्रकारहरुसँग उनले भने ।

उनले सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन पाउने सुनिश्चित गर्न पनि सरकारसँग माग गरे ।

पूर्व राष्ट्रपति लुलाले आगामी १४ देखि २८ दिन भित्र आफूले दोस्रो खोप पनि लगाउने जानकारी दिए ।

प्रतिक्रिया