

आफ्नै श्रीमानले नग्न फोटो र भिडियाे भाइरल गरेपछि…

काठमाडौं- रिमा (नाम परिर्वत) वैदेशिक रोजगारीमा थिइन् । उनी उतै भएका बेला यता रहेका श्रीमानसँग गोप्य अङ्ग देखिने तस्वीर/भिडियो आदानप्रदान हुन्थ्यो । तर, श्रीमान्ले ती फोटो र भिडियाेलाई सामाजिक सञ्जालमा नक्कली अकाउन्ट बनाएर स्टोरीमा राख्ने गर्थे । उनले श्रीमतीका साथीहरूलाई समेत पठाउँथे ।
त्यसरी कसैले अनलाइनमार्फत चरित्रहत्या गर्ने कार्य गरिरहेको भन्दै पीडितकी दिदीले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । उजुरी उपर अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा पीडितकै श्रीमान् उक्त कार्यमा संलग्न रहेकाे खुलेकाे छ ।
सम्बन्ध बिग्रिएपछि आफ्नै श्रीमतीको चरित्रहत्या गर्ने हाल काठमाडौं जडीबुटी बस्ने ती २४ वर्षीय श्रीमान पक्राउ परिसकेका छन् । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

