रक क्लाइम्बिङ गर्दा लडेर एक जनाको मृत्यु


खोटाङ– साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दै गर्दा लडेर गम्भीर घाइते बनेका सूचनको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

दिक्तेलस्थित हाटडाँडा बस्दै आएका सूचन बिहीबार बेलुकी पख साथीहरूसँग रक क्लाइम्बिङ गर्न मझुवागढी भीर पुगेका थिए ।

 

प्रतिक्रिया