

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं – आजका लागि बोलाइएको नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान गुरूङको आज अन्त्येष्टि गरिने भएकाले बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ।
गुरूङको बुधबार निधन भएको थियो। कांग्रेसले आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको थियो । अब बैठक भोलि बिहान ८ः३० बजे ल्होत्से हलमा बस्नेछ।

