

भारतको मसुरी-देहरादुन सडकखण्डमा गाडी खस्यो, ५ जनाको मृत्यु

काठमाडौं- भारतीय राज्य उत्तरखण्डको मसुरी–देहरादुन सडकखण्डको चुनाखालनजिक शनिबार बिहान गाडी सडकबाट खस्दा ५ जनाको मृत्यु भएको छ । अनुसार ६ जना सवार गाडी बिहान करिब ५ बजे आफैँ अनियन्त्रित भई गहिरो खाल्डोमा खसेको हो ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको नगर कोतवाल अरविन्द चौधरीले जानकारी दिए । घाइते ३ जनालाई खाल्डोबाट निकालेर अस्पताल लगिएको थियो । तीमध्ये थप दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमा चार युवक र एक युवती छन् । एक बालिका गम्भीर घाइते भएकी छन् ।

