ओलीको निर्णय अप्रत्याशित : झलनाथ


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खानलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउन लागेको आरोप लगाएका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले गरेका निर्णय अप्रत्याशित भएको बताउदै खनालले ओली पार्टी फुटाउन लागेको पुष्टि हुने बताए ।

‘मैले जे सुन्दै छु त्यो साँचो हो भने केपी ओलीले गौरवशाली पार्टी एमालेलाई फुटाउँदै छन् । तोडफोड गर्दै छन् भन्ने पुष्टि हुन्छ । हामी त्यसको प्रतिकार गर्छौं । कम्युनिस्ट आन्दोलन जोगाउन लाग्छौं, उनले भने ।

प्रतिनिधिसभा विघटनपछि माआवादी केन्द्र अध्यक्ष पूष्प कमल दाहाललाई समर्थन दिँँदै आएका नेताद्धवय खनाल र नेपाल २३ फागूमा सर्वोच्च अदालतले एमाले ब्यूताइदिए पछि एमालेमै फर्किएका थिए ।

प्रतिक्रिया