नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ


वीरगन्ज- नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान अज्ञात समूहले बैंकमा  चोरी गरेकाे थियाे।  प्रहरीले ३ जनालाई नेपाल र एक जनालाई भारतबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटमा सञ्जय जैसवाल र छोटेलाल जैसवालसहित तीन नेपाली नागरिक रहेका छन् भने भारतको घोडासनमा मण्टु पासवान नाम र अर्को व्यक्ति पक्राउ परेका छन् ।

नबिल बैकबाट चोरी भएको सूचना पाएपछि प्रहरीले सुरु गरेको अनुसन्धानमा चार जना बैंकभित्र प्रवेश गरी दराजबाट पैसा निकालेको सिसिटिभी फुटेजमा देखिएको थियो ।

 

प्रतिक्रिया