एकल महिलाको अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेल’ गर्ने युवा पक्राउ


बुटवल – अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै पटक-पटक करणी गर्ने एक युवा रुपन्देहीबाट पक्राउ परेका छन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एक महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

एकल महिलालाई ब्ल्याक मेल गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।

गुरुङले लगातार धम्की दिएर ती महिलालाई करणी गरेको आरोप लागेको छ ।

महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटक पटक बलात्कार गरेको महिलाको आरोप छ ।

ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ ।

प्रतिक्रिया