
घर लिप्न माटो लिन गएकी चन्द्राले गुमाइन् भिरबाट लडेर ज्यान
बैतडी – बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ।
घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको हो।
घर नजिकैको खल्लीगडान भन्ने भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिइन्।



कागजपत्र |
