नेपाललाई पाँचौं झड्का


काठमाडौं — वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई ५ औं झड्का लागेको छ ।

विस्फोटक ब्याटिङ गरेका गुल्सन झा २६ रनमा आउट भएका छन् ।

नेपालले अहिलेसम्म ८.२ ओभरमा ६१ रन बनाउँदा ५ विकेट गुमाएको छ ।

नेपालका लोकेश बम १७ रनमा आउट हुँदा कुशल भुर्तेल र अनिल शाह क्रमशः २ र १ रनमा आउट भए भने कुशल मल्ल शुन्य रनमा आउट भए ।

अहिले कप्तान रोहित पौडेल र आरिफ शेखले ब्याटिङ गरिरहेका छन् ।

नेपालले वेस्ट इन्डिजसँगको दोस्रो खेलमा १६१ रनको लक्ष्य पाएको छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो ।

प्रतिक्रिया