

‘प्रचण्ड’लाई भेट्न सिंहदरवार पुगे ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न सिंहदरवारमा पुगेका छन् । उनीहरुबीच अहिले भेटवार्ता सुरु भएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनमा असन्तुष्टि जनाउँदै काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेपछि ओली ‘प्रचण्ड’ भेट्न सिंहदरवार पुगेका हुन् ।
झापाबाट काठमाडौँ आइपुग्नेबित्तिकै विमानस्थलबाटै ओली ‘प्रचण्ड’ भेट्न सिंहदरवार पुगेका हुन् ।

