६ रुपैयाँको अण्डा सवा २ लाखमा लिलामी भएपछि…


एजेन्सी – भारतीय बजारमा ६ रुपैयाँ पर्ने अण्डा सवा २ लाख रुपैयाँमा लिलामी भएको छ ।

भारतको कश्मीरको उत्तरी सहरमा ६ रुपैयाँको मूल्यको अण्डा सवा २ लाख रुपैयाँमा लिलामीमा राखेको हो । मस्जिद निर्माणका लागि दान गरिएको कारण उक्त अण्डा सवा २ लाख रुपैयाँमा लिलामी भएको हो ।

भारत प्रशासित कश्मीरको उत्तरी सहर सोपोरको ‘मल मापनपुरा’ गाउँमा केही महिनादेखि एउटा मस्जिद निर्माण भइरहेको छ । इदको अवसरमा मस्जिद कमिटीले घर(घर गएर नगद र सामान संकलन गर्ने निर्णय गरिरहेको छ ।

मानिसहरूले नगद, भाँडाकुँडा, कुखुरा, चामल आदि दान दिएका छन् । तर एक गरिब महिलाले मस्जिद बनाउनको लागि दान गरेको जोशले यसको कुल लागत २ लाख २५ हजार रुपैयाँभन्दा बढी पुगेको छ । मस्जिद कमिटीका सदस्यले चन्दा संकलन गर्दै गर्दा एउटी एक महिलाले शिर निहुराएर एउटा अण्डा दान दिइन् र त्यसलाई स्वीकार गर्न आग्रह गरिन् । सोही दान गरेको अण्डा लिलामीमा राखेको बीबीसी हिन्दीले जनाएको छ ।

मस्जिद कमिटीका सदस्य नसीर अहमदले महिलाले दिएको अण्डा ६ रुपैयाँको एक साधारण अण्डा रहेको जनाए । तर ति महिलाले भगवानको नाममा समर्पण गरेको अण्डा भएकाले यसलाई धेरै मूल्यवान बनाएको छ ।

 

प्रतिक्रिया