
पर्वतारोही निर्मल पुर्जाले बनाए अर्को कीर्तिमान
काठमाडौँ – कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् ।
नेपाली नयाँ वर्षको दिन उनले ८ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर, एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन् ।
१ वैशाख बिहान १२.१५ बजे उनले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो कीर्तिमान बनाएका हुन् । निम्स दाइले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक-पटक आरोहण गरिसकेका छन् ।



कागजपत्र |
