

काश्मिरमा डुंगा पल्टिँदा १५ जना बेपत्ता

काठमाडाैं- भारत प्रशासित काश्मिरमा मंगलबार नदीमा डुंगा पल्टिएपछि १५ जना बेपत्ता भएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुंगा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए ।
उनीहरूको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार डुंगा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो ।

