आन्दोलनमा घाइते भएका राप्रपा नेताको निधन, लागेको थियो अश्रुग्यास


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा घाइते भएका एकजनाको उपचारको क्रममा निधन भएको छ ।

राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

डाँगी राप्रपाले गत चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा सहभागी थिए। प्रवक्ता श्रेष्ठका अनुसार प्रदर्शनमा सहभागी उनलाई प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेको  थियो ।

डॅागीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजेदेखि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया नै लगिने श्रेष्ठले बताए ।

प्रतिक्रिया